पृष्ठभूमि / समस्या कथन
स्थानीय तह अन्तर्गतका कार्यालयहरुले (पालिका तथा वडा कार्यालय / कार्यालय) आफ्ना नागरिकहरुलाई विभिन्न किसिमका सिफरिशारू प्रदान गर्दै आइरहेको व्यहोरा हामी सबैलाई अवगतनै छ l उक्त सिफारिसको ढांचा कार्यालय अनुसार फरक फरक पनि हुन सक्छन तथा नागरिक लाइ नेपाली भाषा का साथै अंग्रेजी भाषामा पनि सिफारिस दिनु पर्ने हुन्छ l उक्त समयमा कार्यालयमा नेपाली तथा अंग्रेजी भाषाका बनिबनाउ ढांचाका सिफारिस नहुन सक्छन l सो समस्या लाइ राम्रो संग समाधान गर्नको लागि पहिलेनै तयार गरियको सिफारिसका ढांचा यो सफ्टवेयर अन्तर्गत समाबेस गरिएको छ l
साथै पालिका अन्तर्गतका शाखा – शाखा बीच तथा वडा कार्यालयले पालिकामा कुनै पनि फाइल पठाएको खण्डमा उक्त फाइल कुन शाखामा के कति समयदेखि के कारणले रोकिएको हो भन्ने जानकरी यसै प्रणालीको माध्यमबाट पाउन सकिन्छ l पालिका तथा हरेक वडा कार्यालयले यसै प्रणालीको माध्यमबाट दर्ता तथा चलानी पनि गर्न सकिने व्यवस्था मिलाईएको छ र पालिकाले ती सम्पूर्ण क्रियाकलापहरुको निगरानी राख्न सक्ने छ l
प्रणालीका उद्देस्यहरू
- कार्यान्वायन निकायहरु बीच एकीकृत प्रणालीको माध्यमबाट समन्वय गरुन सकिने
- सम्पूर्ण सिफारिसको अंग्रेजी तथा नेपाली ढाँचामा सिफारिस हुने हुदा कार्यालयको कर्मचारी लाइ काम गर्न धेरै सजिलो हुने
- अंग्रेजी तथा नेपाली दुवै भाषामा सिफारिस तथा अन्य पत्र बनाउन सकिने
- यसरि नेपाली तथा अंग्रेजी भाषामा सिररिस तथा पत्र सेवाग्राहीले प्राप्त गर्ने हुदा भाषा परिवर्तन गराउनको लागि सेवाग्राहीलाई कुनै झन्झट नहुने
- नेपाली युनीकोडमा सम्पूर्ण कार्य गर्न सकिने
- सङ्कलित रेकर्डहरू सहजै खोज गरि पुनः प्राप्त गर्न सकिने
- साप्ताहिक, मासिक तथा वार्षिक प्रतिवेदन सजिलै निकाल्न सकिने
- सम्पूर्ण सङ्कलन अभिलेखको नियमित रूपमा व्याकअप राख्ने
- कम्प्युटर चलाउन तथा टाइप गर्न सक्षम कर्मचारीले प्रयोग गर्न सक्ने
- एक भन्दा बढी कर्मचारीको खाता बनाइ प्रयोग गर्न सकिने
प्रणालीका विशेषताहरू
यस प्रणालीका विशेषताहरू निम्न बमोजिम रहेका छन्:-
- पालिका तथा वडा कार्यालयलाई छुटा-छुटै लागिन को व्यवस्था हुने
- नेपाल सरकार तथा स्थानीय सरकारले तोकेको सम्पूर्ण सिफारिस एउटै प्रणालीमा हुने
- सुची दर्ता, व्यतिगत, संस्थागत, सरकारी, गैर सरकारी तथा अन्य विभिन्न प्रकारबाट दर्ता – चलानी गर्न सकिने
- टिप्पणी तथा दर्ता गरेको फाइल शाखा-शाखा तथा वडा-पालिका-शाखा बीच आदान प्रदान गर्न मिल्ने
- टिप्पणी तथा दर्ता गरेको फाइल TREE STRUCTURE अनुसार कुन मिति मा कहाँ बाट कहाँ गएको बिस्तृत विवरण सहित ट्रयाक गर्न मिल्ने
- सिफारिस तथा चलानी पत्रलाई MS Word मा लगी संसोधन गर्न मिल्ने
- नया दर्ता गरिएको पत्र तथा टिप्पणी चलानी गर्दा बार कोड प्रिन्ट गर्ने जसले गर्दा उक्त पत्र लाइ सजिलै संग खोज्न सकिन्छ
- एउटा शाखा बाट आर्को शाखामा पत्र पठाउदा Desktop Notification दिने जसले गर्दा सम्बन्धित कर्मचारीलाई पत्र आएको सजिलै संग थाहा हुनेछ
- हरेक दर्ता पत्र तथा टिप्पणी मा कमेन्ट गर्न मिल्छ जसले गर्दा उक्त कार्यको सम्पूर्ण कुराहरु छर्लंग बुझ्न सकिन्छ
- सम्पूर्ण सिफारिसको ढांचा पालिका स्वयंले व्यवस्थापन गर्न सक्ने
- भविष्यको प्रयोगको लागि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्न सकिन्छ (.pdf, .jpg, .doc, .xls…)
- विभिन्न प्रकारको प्रयोगकर्ता निर्माण गर्न सकिन्छ
- प्रयोगकर्ता, शाखा तथा वडा कार्यालय पालिका स्वयंले व्यवस्थापन गर्न मिल्ने
- निम्न शिर्षकमा प्रविष्टि प्रतिवेदन निकाल्न सकिने:
- दैनिक क्रियाकलाप / प्रतिबेदन निकाल्न सकिने
- आवस्यकता अनुसार विभिन्न प्रकारका प्रतिवेदन निकाल्न सकिने
- वडा कार्यालयमा भएका गतिविधिहरु पलिकबता निरीक्षण गर्न सकिने